बाँदर लखेट्दा भिरबाट लडेर १ को मृत्यु

बाँदर लखेट्दा भिरबाट लडेर १ को मृत्यु

सोलुखुम्बु,  १९ कात्तिक। सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-२ मा सोमबार भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । भिरबाट लडेर सोही गाउँपालिका बस्ने बर्ष ७० को निमा थुण्डु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शेर्पाको बिहान आफ्नै बारीमा लगाएको अन्न खान आएको बाँदरलाई लखेट्ने क्रममा सोही ठाउँमा रहेको वाङ्दु भिरबाट लडेर मृत्यु भएको थियो । घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुक्लाबाट गएकाे प्रहरी टाेलीले पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको थियाे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्