डोल्पाको ठूलीभेरीमा जीप दुर्घटना, १० जनाको मृत्यु

डोल्पाको ठूलीभेरीमा जीप दुर्घटना, १० जनाको मृत्यु

डोल्पा, १९ कात्तिक । डोल्पाको दुनैबाट जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।  भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ स्थित सडक खण्डबाट भेरी नदिमा खस्दा १० जनाको घटना स्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम कुमार सुवेदीले  जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते रहेका दुई जनालाई डोल्पा सदरमुकाम दुनै लगिएको सुवेदीले जानकारी दिए  । जीपमा १२ सवार रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मृत्यु हुनेमध्ये २ जनाकाे पहिचान खुलेकाे ठूली भेरी नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाहीले लाेकान्तरलार्इ जानकारी दिए । शाहीका अनुसार मृत्यु भएकामध्ये स्थानीय शिक्षक हेमराज हमाल र ६८ वर्षीय नरसिंह कडायतकाे पहिचान खुलेकाे छ ।  यस्ती जीवित उद्दार भएका २ जनामा जीप चालक दिनेश बाेहरा र त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नन्दबहादुर थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्