भारतीयलाई नागरिकता दिलाउने एकजना जेल चलान १५ जना फरार

भारतीयलाई नागरिकता दिलाउने एकजना जेल चलान १५ जना फरार

विराटनगर, १९ कात्तिक । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने मध्यका नाईके सत्य नारायण पोद्दार पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले पोद्दार सहित १६ जनालाई जिल्ला अदालत मोरङमा आईतवार अभियोग दर्ता गराएकोमा आज त्यस बारेमा निर्णय दिँदै जिल्ला अदालत मोरङले पोद्दारले ७ जना भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा पुर्पक्षकोलागि जेल चलान गरेको हो । झुठा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको, दिलाएको’ मुद्दा दायर गरिएको थियो । मुद्दामा विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित १५ जना फरार छन् ।
अन्य ब्यक्ति फरार भएपनि पोद्दारको हकमा अदालतले पुर्पक्ष गर्ने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले झुठा विवरण पेश गरी पोद्दारले भारतीइलाई नेपाली नागरिकता दिलाएको देखिएपछि थप अनुसन्धानको गर्न पुर्बपक्षको लागि जेल चलान गरिएको अदालतले जनाएको छ । मुलुकी ऐन फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६७ बमोजिम तत्काललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेश भएका जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए । बिगत ४ बर्षको अबधिमा पोद्दारले बिभिन्न भारतीय ब्यक्तिहरु सातजनालाई झुठो बिववरण पेश गर्दै नागरिकता बनाईदिएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अदालतमा दिएको बयानमा श्रीमतीलाई नागरिकता दिलाएको बिषयमा गल्ती स्वीकार गरेका पोद्दारले ७ जना छोरा नै आफ्नो भएको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्