विराटनगरका बिभिन्न स्थानमा जुवा खेल्ने १२ जना पक्राउ

विराटनगरका बिभिन्न स्थानमा जुवा खेल्ने १२ जना पक्राउ

विराटनगर, २० कात्तिक। मोरङका बिभिन्न स्थानबाट जुवा खेल्दै गरेको अबस्थामा १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले विराटनगर ७ कोशी अंचल अस्पतालको पछाडी रहेको सवारी साधन पार्किङ गर्ने ठाउमाबाट ४ जनालाई पक्राउ गरेको हो । रूमाल ओछ्याई जुवा तास खेलिरहेको अवस्थामा नगद २३ हजार ३ सय ९० समेत बरामत गरेको प्रहरीले जनाएको छ । मानिसहरूलाई पक्राउ गरी जुवा अन्तर्गत म्याद थप भई थप अनुसन्धान भई रहेको ।
त्यस्तै ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका वडा नं. १६ को गोपाल यादब को घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सहित ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २८ हजार ३ सय ५६ सहित २ बुङ तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसरी कोशी अञ्चल अस्पताल नजिकैबाट पक्राउ पर्नेमा विराटनगर ८ का बिनोद यादव, मनोज यादव, सुवोध पासवान, अजयलाल उराउ रहेका छन् । त्यस्तै विराटनगर १६ स्थित गोपाल यादवको घरबाट पक्राउ पर्नेहरुमा बिराटनगर म.न.पा. १६ का सुरेश प्रसाद मण्डल, राज किशोर यादब, सोनु तत्मा, बिष्णु कु. अर्जेल, नबिन महतो, गोपाल याद, रोहित दास र ज्ञानेन्द्र कार्की रहेका छन् । उनीहरुलाई म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्