पितृको सम्मानमा हुक्कहुक्की पर्व

<span class='c1'>पितृको सम्मानमा</span> <span class='c2'>हुक्कहुक्की पर्व</span>

झापा, २० कात्तिक । पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया समुदायले हुक्काहुक्की पर्व मनाएका छन्। पितृहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष तिहारको बेला यो पर्व मनाउने गरिन्छ।  गौरादह–८ स्थित वैरातीमा सामुहिक रुपमा हुक्काहुक्की पर्व मनाइएको छ। कोच समुदायहरुले पुर्खाहरुको सम्झनामा दादो, दादी हुक्का दे र नाना नानी हुक्का ले भन्दै कुसले बाँधी शुद्ध सुन्ठीको हुक्कामा आगो लगाई आकाशतिर फालेर यो पर्व मनाउने गरिन्छ। गंगाराम ताजपुरियाका अनुसार श्रीकृष्णका पालादेखि औसिया पावनीको अवसरमा तिहारमा लक्ष्मी पूजाको दिनदेखि तीन दिनसम्म यो पर्व मनाइने गरिन्छ। लक्ष्मीपूजा, गोवद्र्धन पूजा मनाउँदै भाइटीकाको दिन यो पर्वको समापन हुने गर्दछ। हुक्कामा लगाइएको आगो निभेपछि त्यसलाई तीन पटक नाघ्दा रोगहरण हुने ठुटाहरुलाई माटोमुनि गाडेपछि बालीनाली फस्टाउने मान्यता छ। यस्ता मौलिक पर्वहरुलाई आगामी पुस्तासम्म जीवन्त राख्नु पर्ने गौरादह नगरपालिकाका प्रमुख रोहित साह बताउँछन्। उनले भने, ‘पौराणिक कालदेखि चलिआएको जातीय परम्परा, संस्कृतिलाई लोप हुन नदिई भावी सन्ततिका लागि पनि जोगाउन आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्