विपद्को कुरा गर्दै झस्कन्छन् विराटनगवासी, विज्ञ भन्छन्- ‘प्रकोपको कारण मानविय अतिक्रमण’

विपद्को कुरा गर्दै झस्कन्छन् विराटनगवासी, विज्ञ भन्छन्- ‘प्रकोपको कारण मानविय अतिक्रमण’

विराटनगर, २० कात्तिक ।
विपदको बिषयले बिराटनगरवासीलाई कहिले काँही झस्काउँदै आएको छ । बिभिन्न समयमा हुने छलफलमा पनि गत बर्षको बाढीबाट क्षती पुगेकाहरु प्रकोप र जलवायु परिवर्तनको कुरा गर्दा झस्किन्छन् । विराटनगरमा एक्सन एडले विपद तथा जलवायुबाट हुने क्षती आँकलन सम्बन्धि छलफलमा सहभागीले बाढी आएको समय त साँच्चिकै जलवायु परिवर्तन कै असर हो की भन्ने लाग्ने गरेको सुनाए । छलफलमा पछिल्लो समय जलवायु परिवर्तनको समस्या र अहिले पारेको असरको बारेमा सहभागीले धारणा राखेका थिए ।
जललवायु परिवर्तनको असर पछिल्लो समय खानेपानीको मुहानमा पर्न थालेको सरोकारवालाले औल्याए । पहाडी क्षेत्रमा खडेरी, खानेपानीको मुहान सुक्नु, बर्षादको समय परिवर्तन हुनु नै जलवायु परिवर्तनसँग जोडिएर आएको समस्या भएको जानकारी दिईएको थियो । कृषि विज्ञ डा राजेन्द्र उप्रेतीले जलवायुको नाममा जुन हल्ला फैलाईएका छन् ति केही कुरा सत्य जस्तो लागेपनि मानविय अतिक्रमणको कारण प्रकोपको सिर्जना भएको बताए । ‘मानवले खोला थुनेर कुलो बनाईदिएपछि खोला गाउँ पस्नुलाई ठुलो मान्नै हुँदैन, उनले भने, तर हामी त्यसरी भएका कुरा बिभिन्न उदेश्य लिएर आएको एनजीओका कारण जलवायु परिवर्तन नै भन्दिन्छौ ।’
तर विज्ञहरुले साँच्चीकै असर परेका ठाउँहरुमा भने जलवायु परिवर्तनले असर नपार्ने खालका बाली लगाउनको लागि किसानलाई उत्प्रेरित गर्नु पर्ने बताए । प्रबिधिको रुपमा भित्रिएका कुराहरुले पनि असर परिरहेकेा उनीहरुकाे भनाई छ ।  पुराना स्थानीय ज्ञान र सिप नै बलियो हुने हुँदा पुराना कुरा संरक्षण गर्ने मात्र हो भने जलवायु परिवर्तनका कुराहरु क्रमश असर घट्नेमा विश्वस्त हुन सकिने जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका राजु पण्डित क्षेत्रीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी बिराटनगरका सभापती सुबेध कुमार सिंहले हरेक बर्ष करोडौको राहत बाँड्दै आएको भएपनि फेरी दोहोरीएर आउने प्रकोपको रोकथामका लागि अब स्थानीय तह अर्थात स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रशासन प्रमुख तथा प्रवक्ता राजेन्द्र प्रधानले विराटनगर महानगरपालिकाले खोला किनारको बस्तीलाई ब्यवस्थित गर्नको लागि आन्तरिक गृहकार्यलाई अन्तिम चरणमा पुर्याएको बताए । बाढी आएको बेलामा बिस्थापित भएकाहरु फेरी समस्यामा नपरुन् भन्ने उदेश्यले आगामी दिनमा संभावित प्रकाेपबाट हुने क्षती कमहोस् भन्नको लागि ब्यवस्थापनमा  काम भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्