विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै

विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै

विराटनगर कार्तिक २० , विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै मात्रामा देख्न पाइन्छ ।

 

तिहारको बेलामा घर, आगन र पसल सजाउन प्लाष्टिकले बनेका फूल प्रति उपभोक्ताहरु आकर्षित हुन थालेका छन् । एक पटक किनेपछि दुई चार वर्ष सम्म किन्नु नपर्ने मात्र नभई अन्य फूल भन्दा सस्तो पर्ने भएकाले उपभोक्ताहरु प्लाष्टिकको फूल प्रति आकर्षित भएका हुन् । तिहारको समयमा प्लाष्टिकको फूल धेरै विक्री हुने गरेको छ । यस्ता प्लाष्टिकको फूलको माला ५० रुपैयाँ देखि ३ सय रुपैया सम्ममा विक्री हुने गरेको फूल व्यापारीहरुले बताएका छन् ।

 

सयपत्री फुल जस्तो चाँडै नओईलिने भएकाले उपभोक्ताहरु यस्ता फुलप्रति आकर्षित भएका हुन । विराटनगरमा तिहारको समयमा करिब ८० लाख रुपैया बराबरको प्लाष्टिकको फूलको माला विक्री हुने गरेको बताइएको छ । गत वर्षको तुलनामा यसवर्ष भने सयपत्री फूलको मुल्य घटेको भएपनि आवश्यक्ता अनसार फूल नपाउने तथा लामो समय टिक्ने भएकाले प्लाष्टिकको फूल किन्ने गरेको उपभोक्ताहरुले बताएका छन् ।

 

गत वर्ष ५० रुपैयाँ प्रति हार रहेको सयपत्रीको मुल्य यस वर्ष ३० रुपैयाँमा झरेको छ । उपभोक्ताले पूजा गर्नको लािग सयपत्रीको फुल नै प्रयोग गर्ने भए पनि सजावटका लागि भने प्लाष्टिकका माला नै किन्ने गरेका छन ।(न्युज २४)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्