खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा

खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा

खोटाङ, २० कात्तिक । काठमाडौंबाट यात्रु लिएर खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । बा–१ ज ५६२७ नम्बरको जीप रावावेशी गाउँपालिका –५ दुवेकोलस्थित स्याखुने खोल्सामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जना यात्रु घाईते भएका छन्, जसमध्ये ४ जना गम्भीर  छन् । गम्भीर घाइते हुनेहरुमा एसेलुखर्क गाउँपालिका–६ का ७२ वर्षीय हर्क बहादुर भटटराई, ऐसेलुखर्क गाउँपालिका–२ का २७ वर्षीय जर्मनकुमार भूजेल, उनकी श्रीमति २७ वर्षीया सरिता भूजेल र चालक गम्भीर घाइेते भएको रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए । गम्भीर घाइते भएकालाई थप उपचारको लागि काठमाडौं र धरानको वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको गाउँपालिका प्रमुख निरौलाको भनाई छ ।
सुनसरीको तरहरा मोली १९ की ४० वर्षीया खेम कुमारी बस्नेत र सोलुखुम्बु जुबु –४ का २६ वर्षीय संदिप गुरुङ भने समान्य घाइते भएका छन् । उनिहरुको प्राथमिक स्वास्थ्य चौकी ऐसेलुखर्कमा उपचार भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्