तिहारमा यस्ताे देखियाे सप्तरीका बजार रंगीचंगी, सुरक्षा व्यवस्था कडा

तिहारमा  यस्ताे देखियाे सप्तरीका बजार रंगीचंगी, सुरक्षा व्यवस्था कडा

राजविराज, २० कात्तिक । हिन्दुहरुको महत्वपूर्ण पर्व दिपावली यहाँ धुमधामका साथ मनाईदै छ । दिपावलीको अवसरमा घर, पसल तथा व्यापारीक प्रतिष्ठानहरु विभिन्न रंगका कागज, फुल र केराको बोटले सजाईएपछि नगर क्षेत्र रंगीचंगी देखिएको हो ।तिहारमा प्रयोग हुने माला, घर सजाउने प्लास्टिकका सामग्री, विद्युतीय सामान र मिठाईका पसलहरु संचालनमा आएपछि बजार क्षेत्र पुरै रंगीचंगी बनेको हो । बजार क्षेत्र जताततै पसल र घरहरुमा फुल र प्लास्टिकका माला र घर सजाउने सामग्रीले झकीझकाउ बनेको छ ।
ठाउँठाउँमा अस्थायी पसल थापेर तिहारका सामग्री विक्री भईरहेका छन् । व्यापारीले ठुलो लगानी गरी माला र सजावटका लागी विद्यूतीय सामग्री भित्राएका छन भने ग्रामीण क्षेत्रबाट पनि ठुलो संख्यमा माटाका मुर्ती, भाडाकुडा, दियो लगायतका सामग्री विक्री गर्न पनि व्यवसायीहरु सदरमुकाम आएका छन् ।

पुजा र घर सजावटका सामग्री सँगै खाद्यान्न, फलफुल र लत्ताकपडा खरिद गर्नेको भिड पनि उल्लेख्य रुपमा बढेको छ । तिहार अगमन सँगै व्यापार बढेको व्यवसायीहरु बताउँछन । यस अवसरमा लक्ष्मी गणेश मन्दिर बाहेक यहाँका क्लवहरुले माटोको मुर्ति स्थापना गरी लक्ष्मीपुजाको आयोजना गरेका छन् । राजविराज ५ स्थित लक्ष्मी पुजा समितिले मुर्ती, पंडाल, प्रसाद तथा सरसजावटमा ५ लाख भन्दा बढी खर्च गरेको छ । यस्तै तेतरी गाछी, कुनौली रोड, माँ बैष्णेकाली मन्दिर लगायतका स्थानमा समेत लाखौ रुपैया खर्चेर मुर्ती, पंडाल र सजावट गरिएको छ ।
यता तिहार र छठ पर्वलाई केन्द्रित गर्दै सुरक्षा सर्तकता अपनाईएको प्रमुख जिल्ला अधिकार सुरेन्द्र पौडेलले बताए । चाँडपर्वमा कुनै अप्रिय र अपराधिक घटना हुन नदिन आवश्यक सवै प्रबन्ध मिलाईएको प्रजिअ पौडेलको भनाई छ ।

उनले स्थानिय बजारमा अनुगमन गरी कालाबजारीलाई धेरै हद सम्म नियन्त्रणमा लिएको बताए । यस्तै प्रहरी उपरिक्षक राजेन्द्र विष्टले चाडपर्व लक्षित ११ बुँदै विशेष सुरक्षा योजना ल्याई निगरानी बढाईएको बताए । चाडपर्वमा हुने चोरी, ठगी, लुटपाट, मदिरा सेवन, हो हल्ला, झैझगडा, दुर्घटना लगायतका सवै गतिविधि नियन्त्रण गर्न कडाईका साथ २४ सै घण्टा सादा पोशाकका प्रहरी समेत परिचालन गरी चेकजाँच गरी निगरानी भईरहेको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्