प्रदेश १ मा मन्त्रालयको सेवा बिस्तार तिब्र, मन्त्रीले एकैदिन ८ कार्यालय उद्घाटन गरे

प्रदेश १ मा मन्त्रालयको सेवा बिस्तार तिब्र, मन्त्रीले एकैदिन ८ कार्यालय उद्घाटन गरे

विराटनगर, २० कात्तिक ।
प्रदेश १ मा मन्त्रालयका कार्यक्षेत्र बिस्तारको काम तिब्र पारिएको छ । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले एकै दिन ८ वटा कार्यालयको उद्घाटन गरेका हुन् । पाँचथरबाट निर्वाचित भएका आङ्बोले आफ्नै जिल्लामा ८ वटा कार्यालयको एकै दिन उद्घाटन गरे । मन्त्री आङ्बोले एकै दिन ताप्लेजुङ, पाँचथर र ईलामका कार्यालयहरुको उद्घाटन गरेका हुन । उनले पाँचथर, ताप्लेजुङ र इलाम कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र तोकिएका कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको उद्घाटन गरेको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
जिल्लास्तरको कार्यक्षेत्र रहेको जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय, पाँचथर अस्पताल र नयाँ सहर आयोजना कार्यालय फिदिम एकै दिन मन्त्री आङ्बोले उद्घाटन गरेका हुन् । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो ।
पाँचथरमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतका चारवटा कार्यालय उद्घाटन गरिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका दुई र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको एक तथा सामाजिक विकास मन्त्रालय अन्तरगतको एक गरी आठवटा कार्यालय उद्घाटन गरे ।
कार्यलयको उद्घाटन पछि मन्त्री आङ्बोलाई जिल्लाका दलका नेताहरुले पाँचथरलाई मिनी प्रदेश राजधानी बनाइदिएकोमा बधाई दिएका थिए । मन्त्री आङ्बोले संविधानको व्यवस्था अनुसार प्रदेशको अधिकार कार्यन्वयन गरिएको बताए । कार्यालय उद्घाटन कार्यालयमा प्रदेशका सम्बन्धित मन्त्रालयका सचिवहरुसहित उच्च पदस्थ कर्मचारीहरु सहभागी थिए । चालु बर्षको बजेटमा अर्थमन्त्री आङ्बोले आफ्नो गृहजिल्लाका लागि मात्रै एक अर्ब हाराहारीको बजेट विनियोजन गरेकोमा पनि स्थानीय दलका नेता कार्यकर्ता खुसी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्