भोजपुरमा रातको समयमा देउसी खेल्न रोक

भोजपुरमा रातको समयमा देउसी खेल्न रोक

भोजपुर, २१ कात्तिक। जिल्ला प्रशासन कार्यालय भोजपुरले राति ९ बजेपछि देउसीभैलोलगायत मनोरञ्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ । कार्यालयले मङ्गलवार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । साथै, चाडपर्वको समयमा पटाका, अतिसबाजी, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थ नपड्काउन कार्यालयले अनुरोध गरेको छ । त्यस्तै, जुवातासजस्ता हारजितका खेल खेल्न पनि प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्