धनकुटाको सयपत्री बिहानै यसरी भित्रियो विराटनगर बजारमा, बजारमा फुलकाे मुल्य सस्ताे

धनकुटाको सयपत्री बिहानै यसरी भित्रियो विराटनगर बजारमा, बजारमा फुलकाे मुल्य सस्ताे

विराटनगर, २१ कात्तिक ।
विराटनगर बजारमा बिहानै देखि चहल पहल बढेको छ । आज लक्ष्मीपुजा घरघरमा धनधान्यकी देबी लक्ष्मीको पुजा आरधना गरि यो पर्ब मनाईँदै छ । बिहान बिराटनगरको मुख्य बजारहरुमा सिँगार्नको लागि केराका बोटहरु ल्याउने देखि गुद्री बजारमा फुल खरिद बिक्री गर्नेहरुको निक्कै भिड देखिएको छ । बिहानै धनकुटाबाट फुल ल्याएर बेच्दै गरेका धरानका ब्यापारी राजकुमार कटसवालले गत बर्षको भन्दा यो बर्ष फुलमा घाटा लागेको बताए । गत बर्ष तिहारको सिजनमा एक सय रुपैयाँ मुठा फुल बेचेका कुटुवालले यो बर्ष फुल उकै पटक फुलेको कारण बढीमा ३० रुपैयाँ मुठाको दरले बिक्री गरिएको बताए । मिनी ट्रकमै हालेर फुल बेच्नको लागि धनकुटाको कागतेबाट ल्याईएको बताएका उनले फुलमा यो बर्ष फाईदा लिन नसकेको बताए । गाउँभरी फुल फुलेको छ त्यसको असर अहिले बजारमा देखिएकोले फुल अत्याधिक सस्तोमा बेच्नु परेको सुनाए ।
विराटनगरमा पछिल्लो समय भारतीय सयपत्रीलाई धनकुटाको सपयत्रीको बजारले उछिनेको छ । धनकुटाबाट सिधै बिराटनगरको बजारसम्म फुल आउने भएकोले फुलको बजार भारतीयसँगै प्रतिस्पर्धामा यो बर्ष अगाडी आएको ब्यापारीको भनाई छ । धनकुटा पुर्बमा फुल खेती हुने जिल्लामा पर्दछ । तर किसानको सिधै बजारसम्म पुहँच नपुग्दा ब्यापारीले मनपरी मुल्य निर्धारण गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्