काठमाडाैं, २१ कात्तिक ।निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेर विश्वास गुमाएको नेपाल प्रहरी राजधानीमै भएको ‘हाइप्रोफाइल’ हत्या अनुसन्धानमा पनि असफल भएको छ । पूर्वराजदूत केशवराज झाको हत्या भएको ७८ दिन पुग्दा पनि प्रहरीले कुनै रहस्य खोल्न नसकेको छैन ।
४ भदौमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी झाको हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले तीन कामदारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, घटनामा उनीहरूको संलग्नताको कुनै प्रमाण नभेटिएपछि छुटिसकेका छन् ।नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।