विराटनगर बजारमा तिहारका लागि थामिनसक्नु भिड , मुल्यमा मनपरि

विराटनगर बजारमा तिहारका लागि थामिनसक्नु भिड , मुल्यमा मनपरि

विराटनगर कार्तिक २१ । विराटनगर वजारमा यतिबेला तिहारको किनमेल गर्नेहरुको घुँइचो लागेको छ ।

 

हिन्दूहरुको महान चाड तिहारमा चाहिने विभिन्न सामग्रीहरुको खरिद गर्न उपभोक्ताहरुको भीड बढेको हो । हिन्दू परम्परा अनुसार मनाईने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरुको विक्री हुने गर्दछ । गत बर्ष भन्दा यसवर्ष सामानमा केही मुल्य बृद्धि भएको सर्वसाधारणहरुले गुनासो गरेका छन् । यसपटक लक्ष्मी पूजा र तिहारमा चाहिने फलफूल, माटोको दियो, मिठाई, नरिवल, केरा ,फूल, बाँसका सामग्री र पित्तल तथा तामाका भाडाहरु साथै भाई मसलाको मूल्य गत बर्ष भन्दा बढेको ग्राहकहरुले बताएका छन् ।

 

अन्य दिनहरुको भन्दा चाडपर्वको बेलामा व्यापारीहरुले मनपरी मूल्य तोक्ने भएकाले सर्वसाधारणहरु ठगिने गरेका छन् । सरकारको फितलो अनुगमनका कारण पनि चाडपर्वमा हरेक सामानको मूल्य वढी तिर्नुपर्ने उपभोक्ताहरुले गुनासो गरेका छन् । सवै समानकोे भाउ बढेकाले पुजाका सामग्री र भाई मसलाको मूल्य बढेको ब्यापारीहरुको भनाई छ । धान, चामल ,तेल, चिनी लगायतको मुल्य बृद्धि भएसंगै तिहारमा चाहिने भाई मसला र अन्य सामानको मुल्यमा बृद्धि भएको ब्यापारीहरु बताउछन् ।

 

यस पर्वमा चाहिने केरा, नरिवल, माटो तथा धातुका सामग्रीहरु स्थानीय रुपमा नै उपलब्ध भएपनि बढी विक्री हुने फलफूल, भाईमसला साथै फूलहरु भने भारतबाट ल्याउने गरिएकोले पनि मूल्य बृद्धि भएकोे व्यापारीहरुले बताएका छन् । तिहारका अवसरमा विराटनगरमा करिब ८० देखि ९० लाख रुपैया बराबरको विभिन्न सामग्री विक्री हुने गरेकोे व्यापारीहरुले बताएका छन् ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्