विराटनगरमा प्रहरीको पत्रकारमाथि दुुर्व्यवहार : २ घण्टा प्रहरी भेनमा बन्धक

विराटनगरमा प्रहरीको पत्रकारमाथि दुुर्व्यवहार : २ घण्टा प्रहरी भेनमा बन्धक

विराटनगर कार्तिक २१, विराटनगरमा  प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएर दुव्र्यवहार गरिएको छ ।

विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्युज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस् ? तँ को होस् ?’ भन्दै मोबाइल र पत्रकार परिचयपत्र खोसेर जबर्जस्ती भ्यानमा कोच्दै २ घण्टा विराटनगर बजार घुमाएको दासले बताए ।

‘पत्रकार हुँ’ भनेर परिचय दिँदासमेत ‘तँ जस्ता पत्रकारले नै हो बिगारेको’ भन्दै परिचयपत्र र मोबाइल खोसेर लगेको दासले बताए । उनी नेपाल पत्रकार महासङ्घका सदस्य पनि हुन् । सादा पोशाकमा रहेका घुमुवाजस्ता देखिने प्रहरीले सर्वसाधारणकै बीचमा गालीगलौज र अपशब्द प्रयोग गर्दै भ्यानमा लगेर कोचेको उनले बताए ।

पत्रकारलाई बन्धक बनाई वडा प्रहरी कार्यालयको टोलीले २ घण्टा घुमाई भट्टीमोडबाट छाडिएको विषयमा आफूलाई जानकारी प्राप्त नभएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए । उनले भने, ‘के भएको रहेछ म बुझ्छु ।’ तर, केसीले घटनाबारे खासै चासो दिएनन् ।

पत्रकार दासले पत्रकार भएको परिचय खुल्ने प्रमाण दिँदादिँदै ‘जङ्गबहादुर शैलीमा’ प्रहरीले दुव्र्यवहार गरेको गुनासो गरे । घटनाको निन्दा गर्दै नेपाल प्रेस युनियन मोरङले विज्ञप्ति जारी गरी घटनामा संलग्न प्रहरीलाई कार्वाही गर्न र पत्रकारले स्वतन्त्रतापूर्वक रिपोर्टिङ गर्ने अवस्थालाई कुण्ठित नगर्न ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्