मन्त्री लालबाबु पण्डितले आफ्नो क्षेत्रमा यसरी काम गर्न थाले

मन्त्री लालबाबु पण्डितले आफ्नो क्षेत्रमा यसरी काम गर्न थाले

विराटनगर, २२ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ का सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रका आम नागरिक लक्षित बिभिन्न कार्यक्रम संचालन गरेका छन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका पण्डितले अपाङ्ग लक्षित कार्यक्रम ल्याएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका अपाङ्ग तथा अशक्तलाई ह्वील चियर तथा सेतो छडी बितरण गरे । सुन्दर हरैचा नगरपालिका वडा नम्बर ३ मा रहेको बन्धु स्मृती भवनमा आयोजित कार्यक्रममा पण्डितले १४ जनालाई  ह्वील चियर बितरण गरेको हुन् । करिब ६ लाख मुल्य बरावरको सामाग्री निशुल्क बितरण गरिएको हो । अपाङ्ग मैत्री सामाग्री हस्तान्तरण गर्दै मन्त्री पण्डितले अपांगताको क्षेत्रमा आफ्नो निर्वाचन क्षेत्रमा धेरै कार्यक्रमहरु ल्याईएको बताए । यस्तै मन्त्री पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा सिसीटिभी क्यामेरा जडान सम्बन्धि युवा लक्षित तालिमको उद्घाटन गरेका छन् । ४० जना युवालाई लक्षित तालिमको उद्घाटन गरेका हुन् । उनले आफ्नो संसदीय कोष अन्तरगतको रकमबाट महिला, युवा, अपाङ्गताको क्षेत्रमा काम शुरु गरिएको नेकपाका नेता सत्यनारायण चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्