मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी, २२ कात्तिक । सुनसरीको देवानगंज गाउँ-पालिका ६ स्थित मन्दिर चौकमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको छ ।  दक्षिणबाट उत्तर तर्फ जादै गरेको को.१४ प ६८०० नम्बरको  मोटरसाईकलले गत बिपरीत दिशाबाट आउदै गरेको साईकल यात्री बर्जु ५ गुरुङ टोल बस्ने अन्दाजी
बर्ष ३५ को प्रभु गुरुङलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक समेत घाइते भएकोमा
न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साईकल चालकको ज्यान गएकाे   जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्