भारतको फूलले गर्दा धनकुटाको फूल बिकेन , किसान मारमा

भारतको फूलले गर्दा धनकुटाको फूल बिकेन , किसान मारमा

धनकुटा, कात्तिक २२ । प्रत्येक वर्षको तिहारमा भारतबाट फूल आयात हुने गरेको छ ।

यो वर्ष पनि भारतबाट ठूलो परिमाणमा फूल र माला आयात भएको छ । धनकुटामा उत्पादित फूलले भने उचित मूल्य नपाएको स्थानीय किसानको गुनासो छ ।

गत वर्ष तिहारमा प्रतिमुठा ४० रुपैयाँका दरले बिक्री भएको फूल यो वर्ष ५ रुपैयाँमा पनि बिक्री नभएको गुनासो किसानले गरेका छन् । फूलको मुख्य बजारको रुपमा रहेको तराइ र काठमाडौंमा भारतीय फूल भित्रिएका छन् भने प्लास्टिकको फूलले पनि उत्तिकै बजार लिइरहेको छ । भारतीय फूल र कृत्रिम फूलका कारण धनकुटामा उत्पादित फूलले उचित मूल्य नपाएको हो ।

धनकुटा नगरपालिकासहित चौबिसे पाख्रिवास, साँगुरीगढी गाउँपालिकालगायतका स्थानका किसानले व्यवसायिक फूलखेती गर्दै आएका छन् । यहाँ उत्पादित फूल झापा, मोरङ र सुनसरीका विभिन्न बजारमा पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्