तिहारको बेला सिरहामा लुटपाट गर्न खोज्ने एक युवा समातिए

तिहारको बेला सिरहामा  लुटपाट गर्न खोज्ने एक युवा समातिए

सिरहा-सिरहामा लूटपाट गर्न खोज्ने एकजना गोली सहित पक्राउ परेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ राघोपुरमा लूटपाट गर्न गएका मध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नं. ९ मझाउ घर भएका १८ वर्षीय अजय कुमार यादव रहेको जनाइएको छ । यादवलाई कटुवा पेस्तोल १ थान, (एसएलआर) राईफलमा प्रयोग हुने १ राउन्ड गोलीसहित पक्राउ गरिएको मिर्चैया प्रहरीले जनाएको छ ।

मिर्चैया ३ राघोपुरमा स्थानीय खगेश्वर यादवको घरमा लूटपाट गर्न खोज्ने ३ जना मध्ये १ जनालाई गाउँलेहरुले समातेर प्रहरीमा खबर गरेका थिए ।

पक्राउ परेका अजय यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैयमा राखी थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न अन्य २ जनाको खोजबिन भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्