सुनसरीमा लागूऔषध गाँजा र चक्कु सहित १ पक्राउ

सुनसरीमा लागूऔषध गाँजा र चक्कु सहित १ पक्राउ

सुनसरी, २४ कात्तिक। सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोटबाट  अवैध लागूऔषध गाँजा र चक्कु सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा डेरा गरी बस्ने बर्ष २७ को बिरेन्द्र तामाङ रहेका छन् । तामाङलाई राती १२ बजेको समयमा शंका लागी निजको कोठामा चेकजाँच गर्ने क्रममा ५ सय ग्राम गाँजा र १ थान रेम्बो चक्कु बरामद गरेको हो । बरामद सामान सहित निजलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्