मोरङको जहदाबाट कौडा खेल्ने ३ जना पक्राउ

<span class='c1'>मोरङको जहदाबाट कौडा खेल्ने</span> <span class='c2'>३ जना पक्राउ</span>

विराटनगर, २४ कात्तिक। मोरङको जहदा गाउँपालिका-५ बाट शनिबार प्रहरीले कौडा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले  अमरचन सिंहको घरमा कौडा खेलिरहेको अवस्थामा बर्ष २४ को बीरवल कामत, बर्ष ३२ को सेठी भन्ने जयकान्त पाेद्दार र बर्ष ४२ को राकेश कामतलाई नगद ४३ हजार ३ सय २० रुपैयाँ र १ सेट कौडा सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्