ताप्लेजुङ र ओखलढुंगामा आगलागी, साढे २८ लाख बराबरको क्षति

ताप्लेजुङ र ओखलढुंगामा आगलागी, साढे २८ लाख बराबरको क्षति

विराटनगर,२४ कात्तिक । १ नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ र ओखलढुंगा जिल्लामा आगलागीबाट  करिब २८ लाख मूल्य बराबरको क्षति भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ४  थापाटार बस्ने लाक्पीमाया शेर्पाको घरमा आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ ।  रातीकाे समयमा  शेर्पाको घरमा अचानक आगलागी हुँदा ढुंगा र माटोले बनेको, टिनको छानो भएको ३ तले घरमा  आगलागी हुँदा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन । त्यसैगरी ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ स्थित गोल्माथान बस्ने शम्भु मगरको घरमा आगलागी हुँदा करिब ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । राती साढे ९ बजे घरमा कोही नभएको समयमा बच्चाहरुले मैनबत्तीको ठुटो सल्काउने क्रममा अचानक आगलागी भएको थियो । आगलागीबाट मगरको फुसको छानो भएको २ तले घर, अन्नपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको प्रकरीले जनाएकाे छ। आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्