अर्काकी श्रीमती भगाएपछि दोहोरो झडप, १२ जना घाइते

अर्काकी श्रीमती भगाएपछि दोहोरो झडप, १२ जना घाइते

रामेछाप, २४ कात्तिक ।रामेछापमा अर्काकी श्रीमती भगाएको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्दै दोहोरो झडप भएको हो ।

झडपमा परी सोही ठाउँका खेमबहादुर माझी, सन्तोष माझी, पूर्णबहादुर माझी, समिर माझी, मिलन माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, रामकुमार माझी, श्रीलाल माझी र लालबहादुर माझी रहेका छन् । उनीहरु मध्ये चारजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ८ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

घाइते हुनेहरु सबै अर्काकी श्रीमती भगाउने पक्षधरका युवाहरु रहेको प्रहरी निरीक्षक शेख अदालतले बताए । उनले अर्काे पक्षका पनि केही युवाहरु सामान्य घाइते भएको जानकारी दिए । उनले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई जिल्लाका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्