वडाध्यक्षको ‘जुवा खाल’ मा प्रहरीको छापा

वडाध्यक्षको ‘जुवा खाल’ मा प्रहरीको छापा

रौतहट, २४ कात्तिक । रौतहटको माधव नारायण नगरपालिका मिठुअवा -५का वडाध्यक्ष जमि अख्तर मन्सुरीसहित केही सर्वसाधारणहरु जुवा तास र कौडा खेलिरहेको फोटो बाहिरिएको छ । मन्सुरि जन निर्वाचित वडाध्यक्ष भएर पनि  जुवा कौडा खेल्दै र खैलाउदै समाजमा विकृति फैलाउने कार्य गरेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेपछि प्रहरीको छापा मारेको थियो । प्रहरीको छापापछि सो क्षेत्रमा  भागाभाग भएको थियो ।

लाखौं रकम लिइ नजिकैको स्थानीय राम मन्दिर छेउमा जुवा खेलाउन ब्यस्त रहेको मन्सुरिको फोटो भाइरल भएपछि स्थानीय सर्वसाधारणमा चर्चाको विषय बनेको छ।  तत्कालीन  माओवादी पार्टीबाट  टिकट लिएर चुनाव जिति वडाध्यक्षमा जित्न सफल भएका  मन्सुरिको यो हर्कतबाट गाउँ समाज र पार्टीको बदनाम भैरहेको स्थानीय श्याम गुप्ताले बताए । मंसुरीले बृद्ध भत्ता वितरण नगरी मस्ती गर्दै आएका गुप्ताको आरोप छ । सुकदैब चोक प्रहरी चौकिका असई बबुल झा सहितको टोलीले  छापा मार्दा वडाध्यक्ष सहितको टोलिको भगाभाग भएको थियो। वडाध्यक्ष मन्सुरीले आफुले जुवा तासमा संलग्न नहरेको र त्यस्तो कार्य आफनो गाँउमा नभएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्