गोलिया काठ सहित १ जना पक्राउ

<span class='c1'>गोलिया काठ सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

झापा, २५ कात्तिक।  झापाको दमक नगरपालिका-२ बाट शनिवार गोलिया काठ सहित १ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ त २५५२ नम्बरको ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको अवस्थामा ३३ थान सिसौको गोलिया काठ बरामद गरेको हो । काठ सहित ट्याक्टरका चालक ईलाम चुलाचुली गाउँपालिका-२ बस्ने बर्ष २० धिराज धिमाललाई आवश्यक अनुसन्धानको लागि इप्रका दमकमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्