सुनसरी, २५ कात्तिक । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरमा तातो दालले पोलेर १ जना बालक घाईते भएका छन् । भान्सा घरमा बसाएको दालको भाडो घोप्टिएर सोही गाउँपालिका बस्ने विशेश्वर मुखियाको छोरा बर्ष २ को सागर मुखिया घाइते भएका हुन् । दालले पोलेर घाइते भएका बालकको शरिरको बिभिन्न भागमा पिल्सिएर उपचारको लागि स्थानीय मेडिकल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।