सुनसरीका मरिक समुदाय छठका लागि बाँसको सामग्री बनाउन व्यस्त

<span class='c1'>सुनसरीका मरिक समुदाय छठका लागि</span> <span class='c2'>बाँसको सामग्री बनाउन व्यस्त</span>

इनरुवा,२५ कात्तिक ।
छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन् ।

छठमा बासका सामग्रीको माग अत्याधिक हुने भएकाले आफूहरु बाँसका सामग्री बनाउनका लागि व्यस्त बनेको मारिक समुदायका वीरेन्द्र मरिकको भनाइ छ ।  गाउँगाउँबाट आफूहरुले रु १५० देखि २५० सम्ममा बाँस किनेर ल्याएको र छठमा प्रयोग हुने सामग्री बनाउन व्यस्त बनेकोे मरिक समुदायका व्यक्तिहरू बताउँछन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यस बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको उनीहरूको भनाइ छ । छठ पूजा गर्ने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्रीको माग पनि बढ्दै गएको छ ।

छठमा बाँसको सामग्री पु¥याउनलाई आफूहरुले महीना दिन अगाडिबाट काम शुरु गरेको भए पनि अहिले छठ पर्व आएका बेला आफूहरू सोही सामग्री बनाउने काममा व्यस्त बनेको गीता मरिकको भनाइ छ । आफूहरुको रोजगार र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भएर लागेको र त्यसबाट आएको आम्दनीबाट छोराछोरीलाई शिक्षादिक्षा दिने गरेको बताउँछन मरिक समुदायका व्यक्तिहरू । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा रहेको मरिक समुदायका भटाइ मरिकले बताए ।

लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्कालगायतका क्षेत्रका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त रहेका छन् । यसरी आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य भएका छन् मरिक समुदायहरू । त्यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री बनाउने व्यावसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्