मोरङको पथरीमा यस्तो घटना :अाफ्नै बाबुले दुई छोरी बलात्कार गरे

मोरङको पथरीमा यस्तो घटना :अाफ्नै बाबुले दुई छोरी बलात्कार गरे

मोरङ कानेपोखरी –५, स्थित भौसाबारी बस्ने ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई बलात्कार गरेको आरोपमा आरोपमा इलाका प्रहरी कार्यालय पथरीले बाबुलाई पक्राउ गरेको छ ।

माझीलाई आफ्नो १२ बर्षिय र १४ बर्षिय छोरीलाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा कात्तिक २० गते प्रहरीले पक्राउ गरेको थियो । मामाको घर गएको बेला आफ्नो बुबाको घर फर्कन नमाने पछि करणीको रहस्य खुलेको थियो ।

स्थानीयको सहयोगमा बालिकाको मामालीबाट असोज २० गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिए पछि माँझीलाई पक्राउ गरेको इस्पेक्टर कमल बंजगाईले बताए ।
माझीलाई जवरजस्ती करणीको मुद्दा चलाएको इन्स्पेक्टर बंजगाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्