भारतको बिहारमा दारु बन्द हुदा नेपाली सीमावर्ती क्षेत्रमा दारुवाको अखडा

भारतको बिहारमा दारु बन्द हुदा नेपाली सीमावर्ती क्षेत्रमा दारुवाको अखडा

सिरहा — भारतको विहातर राज्यमा मदिरा रक्सीमा दुई बर्षअघि प्रतिबन्ध लगाएपछि नेपालको तराई मधेसका सीमावर्ती क्षेत्र विहारवासी दारु पिउने दरुवाको अखडाजस्तै बनेको छ ।

सीमा क्षेत्रका झोपडीका मदिरा पसल अहिले झकिझकाउ छन् ।

कुनै विशेष समारोहका लागि बनाइएका स्वागतद्धारजस्तै गरी दारु पसलका बोर्ड सझाईएका छन् ।

साँझ परेसँगै सीमापारि र वारिकै पनि दरुवाहरुको भीडभाड बढ्छ ।

रङ्गीचंगी बत्तीसँगै हिन्दी गीत बज्न थाल्छन् अनि सम्साँझै सुनसान हुने सीमाका बजार मध्यरातसम्म जुल्जार हुन्छन् ।

साँझ पर्नासाथ भारतको बिहारका नाकाबाट दारुपारखी नेपाल आउन थाल्छन्  भने कोही हिँडेरै आउँछन् ।

कोही गाडी लिएर आउने गरेका छन् ।
तराई मधेसको सिमावर्ती क्षेत्रमा अहिले सबभन्दा बढी फस्टाएको बजार नै मदिराको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्