मोरङ र सुनसरीमा  भएको छुट्टा-छुट्टै दुर्घटनामा २ को मृत्यु, २ घाइते

मोरङ र सुनसरीमा  भएको छुट्टा-छुट्टै दुर्घटनामा  २ को मृत्यु, २ घाइते

विराटनगर, २५ कात्तिक।  मोरङ र सुनसरी जिल्लामा  भएको छुट्टा-छुट्टै दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।   मोरङको सुन्दर-हरैँचा नगरपालिका-९  विराटचौकमा आज बिहान एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको गरेको मे १ च ४५१९ नम्बरको एम्बुलेन्सले उत्तरबाट दक्षिण तर्फ बाटो काट्दै गरेको को १६ प २७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एम्बुलेन्स समेत पल्टिएको थियो ।  दुर्घटनामा परी मोटरसाईकलका चालक सोही नगरपालिका-१० बस्ने बर्ष-३९ को रोशन गजुरेल गम्भिर घाइते भई उपचारको लागि धरान स्थित वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा  अस्पतालमा मृत्यु भएको प्रहरी चौकी बिराटचौकले जनाएको छ । दुर्घटनामा एबुलेन्स चालक झापा शिव सताक्षी नगरपालिका-६ बस्ने बर्ष-४८ को दधिराम रेग्मी र एम्बुलेन्समा सवार गौरीगंज गाउँपालिका-१ बस्ने बर्ष-१८ को सुनिल गुरागाईकाे नोबेल अस्पतालमा उपचार भईरहेको छ । एम्बुलेन्स र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ ।

त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ पकली स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २६ प ५७३१ नम्बरको मोटरसाईकलले  ईटहरी १६ बस्ने बर्ष ५२ को  दिपक खतिवडालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते खतिवडालाई उपचारको उपचारको क्रममा नाेबेल अस्पतालमा ज्यान गएकाे  इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।  ठक्कर दिने मोटरसाईकल र चालकलाई  प्रहरीले  नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्