विराटनगरबाट १ लाख ९० हजार रकम सहित ५ जना जुवाडे पक्राउ

विराटनगरबाट १ लाख ९० हजार रकम सहित ५ जना जुवाडे पक्राउ

बिराटनगर, २५ कात्तिक।   मोरङको बिराटनगर महानगरपालिका-१  गंगा चौकबाट प्रहरीले आइतवार राती ठूलो रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर-२ बस्ने चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा राठी सहित विराटनगर-५ बस्ने बर्ष ५० को जिवन रिजाल, बिराटनगर-३ बस्ने बर्ष ५१ को मुकेश कुमार अग्रवाल, बिराटनगर-७ बस्ने बर्ष ५१ को बिमल अग्रवाल र बर्ष ३८ को हंशराज जैनलाई पक्राउ गरेको हो । उक्त खालबाट प्रहरीले नगद १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङकाे नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्