विराटनगरका मेयरज्यू अायाे जनताकाे यस्ताे सन्देश‍…

विराटनगरका मेयरज्यू  अायाे जनताकाे यस्ताे सन्देश‍…

मेयर सा'व नमस्कार । म एउटा विराटनगरवासी हुँ । म विराटनगरवासीकाे हैसियतमा केही नलेखी रहन सकिन । विराटनगरकाे चिन्ता एउटा जनप्रतिनीधिकाे रुपमा मेयर सा'ब वा अन्य काेही जनप्रतिनिधीलाई छ त्यति नै चिन्ता मलाईपनि छ ।

पछिल्लाे समय सिलान्यास भएकाे भ्यु टावरकाे कुराले अहिले निक्कै नै  चर्चा बटुलेकाे छ । तर भ्यू टावर भन्दा जुद्ध शम्शेर मिल, गिरिजा प्रदास कोईरालाको निवास, विराट राजाको दरवारलाई म्युजियमको रुपमा विकास गरि पर्यटकलाई आकर्षत गर्न सकिन्छ । यसैगरी कोशीअञ्चल अस्पताल जो विपी कोईराला, गिरीजा प्रसाद कोईराला, मातृकाप्रसाद कोईरालाई र धेरै मुर्धन्य नेताहरुको घर अगाडी रहेको अस्पतालको स्तर उन्नतीमा विराटनगर महानगर ले लागनी गरे र प्रदेश १ को स्तरीय स्वास्थ्य केन्द्रको रुपमा विकास गर्नु पर्छ ।
यसका साथै नगर भित्र संचालन भएको मानगढ सिप विकास तालिम केन्द्रको स्तर उन्नती गरी युवाहरुलाई आधुनिक सिप विकासमा काम गर्नु अत्यन्तै आवश्यक छ ।  भ्यु टावरसंगै व्यापारीक केन्द्र पनि निर्माण गर्ने योजना रहेको हुँदा हाल विराटनगरको स्वामित्वमा रहेका जग्गा जमिन विशेष गरी बुधहाटको व्यापारीक केन्द्रवाट विराटनगर महानगरले कति प्रतिफल लिन सफल भएको छ भन्ने कुरा समिक्षा गर्नु पर्छ । यसका साथै वुधहाटमा नै रहको ४ वटा प्लट उपयोग गर्ने तर्फ पनि महानगरले ध्यान पु¥याँउदा राम्रो होला ।
अहिले पनि नेपाल साथै प्रदेश एक पनि राजनीतिक तरलतामा रहेको अवस्थामा यस्तो महत्वकांक्षी भ्यू टावर निर्माणमा खर्च नगर्दा राम्रो हुन्छ । विराटनगर निम्न  वर्गिय मानिसहरुको वसोवास गर्ने स्थान हो । अव वन्ने टावर साथै व्यापार केन्द्रले यहाँको जनताको जिवनस्तरमा खासै योग्दान पुर्याउँदैन ।
एउटा भाटभटिनीले सारा विराटनगरको बजारलाई प्रभावित गर्न सक्छ भन्नुको अर्थ विराटनगरको क्रयशक्ति एकदमै कमजोर छ । त्यसैले नगरको आर्थिक विकास सम्वन्धि परियोजनामा ध्यान पुग्नु जरुरी छ ।  हैन भ्यू नै हेर्ने हो भने विराटनगरका केही दुरीमा धरान, धनकुटा, ईलाममा प्रसस्त मात्रामा सुर्य उदाएको अस्ताएको हेर्न सकिने खालका अग्ला र प्राकिृतक मनोरम पहाडहरु छन् । यसका साथै विश्वका अग्ला आठ वटा हिमलाहरु साथै सर्वोच्च शिखर सगरमाथा पनि नेपालमा नै पर्दछ । त्यसैले भ्युटावर, आदीवासी जनजातीको सङ्ग्राहालय र व्यापारिक केन्द्र निर्माण गर्दा ध्यान पु¥याँउन आवश्यक छ ।
तसर्थ मेयर सा'ब !! अन्य जनप्रतिनीधिले जनताका प्रथामिता र विकासका दिगो आधारहरुलाई ध्यानमा राखी विकासका परियोजनाहरु अघि वढाउँदा राम्रो होला । -रेवती रमण ढकाल, विराटनगरवासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्