बेहुली झै सिँगारिएको विराटनगरमा तिहार लगत्तै यस्तो फोहोर, किन उठेन त फोहोर ?

बेहुली झै सिँगारिएको विराटनगरमा तिहार लगत्तै यस्तो फोहोर, किन उठेन त फोहोर ?

प्रेम देवान।ओवी
विराटनगर, २५ कात्तिक । ४ दिन अघि विराटनगरको बजार झट्ट हेर्दा लाग्थ्यो बेहुली झै सिाँगारिएको छ । चारैतिर झिलिमिली अनि सयपत्री र केरा बोटले छपक्कै ढाकिएका थिए । तर आज ४ दिन पछिको विराटनगर त्यो रहेन । बजार फोहोरका डङगुरले भरिएका छन् ।
लक्ष्मी पुजामा सजाईएका केराका बोट, सयपत्री फुल अनि बनावटी कागजका फालिएका मालाहरुले विराटनगरको मेनरोडका चोक चोकमा थुपारिएका छन् । आम सर्वसाधरण यतिवेला मुख र नाक थुन्दै माक्स लगाएर हिँड्न बाध्य छन् । बजार क्षेत्रका ठूला व्यापारीहरुले आफ्नो पसलमा सजाएका केराका बोटहरु सडकमा जथाभावी फालिदिँदा झनै फोहोर देखिएका छन् । बजार क्षेत्रमा अहिले एक सातादेखि फोहोर उठ्न सकेकाे छैन । 
फोहोरको कारण यस्तो ः
विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट गु्रप नेपालले महानगरभित्र रहेका सरसफाई गर्ने जिम्मा पाएको छ । महानगरपालिका र वेष्टमेनेजमेन्ट प्रालिबाट खटाईएका करिब २ सय जना सरसफाई गर्ने कर्मचारी छन् । फुल टाईम र पार्ट टाईम गर्ने २ सय कर्मचारी यतिबेला आन्दोलनमा उत्रिएका छन् । दशैको बोनस र तलव वृद्धीको गरेर अहिले आधा कमैचारी आन्दोलनमा उत्रिएका छन् । काम नै ठप्प पारेर सरसफाई कर्मचारीहरु काममा नआउँदा फोहोर ब्यवस्थापनमा महानगरपालिकालाई समस्या भएको हो ।
कर्मचारीले गत असोज २० गते दशैं अगावै बोनस र तलव वृद्धीको माग राखेर आन्दोनमा उत्रिएका थिए । उनीहरुले दशै बोनस उपलब्ध साथै तलव वृद्धीको माग राखेर गत असोज २०देखी २३ गते सम्म काम ठप्प पारेर वेष्ट मेनेजमेन्टको कार्यालय घेराउ गरेका थिए । वेष्ट मेनेजमेन्ट प्रा.लि.का परियोजना प्रमुख देवीप्रसाद आर्चयसँग वार्ता र छलफलपछि कर्मचारी पुन काममा खटिएका थिए । दशैंपछि बोनस दिने सर्तमा आफूहरु काम खटिएको सरसफाई कर्मचारी राजु मरिकले बताए । तर दशैं पछि पनि उक्त बोनस नदिएपछि अहिले आफूहरु अन्दोलनमा उत्रनु परेको मरिकले बताए ।
हरेक बर्ष दशै अगावै तलव र दशै बोनस दिने गरेको भए पनि यसपटक नदिएपछि उनीहरु आन्दोलित भएका हुन । सरसफाई कर्मचारी अनितादेवी मरिकले नियमित पाउँदै आएको सेवा सुबिधा नदिएपछि काम ठप्प पारेर आन्दोलन गरेको बताईन् ।
विराटनगर महानगरपालिकाले वेस्ट मेनेजमेन्ट कम्पनीसँग ५ बर्षको लागि फोहोर उठाउने जिम्मा दिएको थियो । विराटनगर महानगरपालिकामा अहिले दैनिक एकसय १० टन फोहोर संकलन हुन्छ ।
यता फोहोर मैला उठाउने जिम्मा पाएको वेष्ट मेनेजमेन्ट परियोजनाका प्रमुख देवीप्रसाद आर्चयले कर्मचारी आन्दोलनमा भएका कारण फोहोर नउठेको बताए । सरसफाई गर्न कर्मचारीहरुसँग छलफल भईरहेको बताए । आज र भोली सम्म समस्याको समाधान भईसक्ने र बजारको फोहोर उठ्ने आचर्यले दावी गरे । वेष्ट मेनेजमेन्ट प्राईभेट कम्पनी भएको कारण कर्मचारीलाई उपलब्ध गराउने आर्थिक रकम जुटाउन धौ – धौ हुने गरेको परियोजना प्रमुख आचर्यले दुखेसो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्