झापाकाे दुर्घटनामा १ महिला सहित ४ वटा राँगाको मृत्यु

झापाकाे दुर्घटनामा १ महिला सहित ४ वटा राँगाको मृत्यु

झापा, २५ कात्तिक। झापाको कन्काई नगरपालिका-७  दुर्गापुरमा राँगा बोकेको पिकअपको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका-४ बस्ने बर्ष ५७ की बिनाई तामाङ रहेकी छन् । तामाङलाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको  एस .के. ०१. जे २३९५ नम्बरको कार रोकेर शौच गर्न जाने क्रममा सोही दिशा तर्फ राँगा बोकेर जाँदै गरेको को १ च ७७०५ नम्बरको पिकअपले ठक्कर दिएको थियो । ठक्करबाट घाइते तामाङलाई उपचारको लागि बि. एण्ड. सि. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा  मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । दुर्घटनामा पिकअपमा वोकेर लैजाँदै गरेको १० वटा राँगा मध्ये ४ वटा को मृत्यु भएको र ६ वटा घाइते भएका छन् । मरेको राँगालाई कन्काई नगरपालिकाको जिम्मा लगाईएको छ । ठक्कर दिने पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्