झापाबाट २ लाख बराबरको अवैध सामान बरामद

झापाबाट २ लाख बराबरको अवैध सामान बरामद

झापा, २५ कात्तिक ।

झापाको मेचीनगर नगरपालिका-१२ स्थित चारआली चौकबाट प्रहरीले आइतवार करिब २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको उक्त मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो । बरामद कपडा आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्