विराटनगर, २६ कात्तिक ।
विराटनगरको गुद्री बजारमा बिहानै देखि भिड लागेको छ । गुद्री बजारमा मुख्य सडक नै ढाकिने गरी ब्यापारीहरुले सकड अतिक्रमण गर्दा सर्बसाधारणलाई आवत जावतमा समेत समस्या हुँदै आएको छ । मुख्य बजारको रुपमा रहेको बिराटनगरको तरकारी बजार गुुद्रीमा सर्बसाधारणको भिड लागेको र जाम हुने भन्दै केही ब्यक्तिहरुले ट्राफिक चोकबाट गुद्री छिर्ने बाटोमा सडकमा डोरी तथा ढाट लगाएर नै मोटरसाईकल तथा कुनै पनि सवारी साधनलाई आवत जावतमा रोक लगाएका छन् ।
यसरी थाहै नपाई बजार पुग्ने जो कोहीलाई सास्ती भएको छ । बिराटनगर महानगरपालिकाले सडक ढाकिनेगरी कुनै पनि ब्यापार ब्यवसाय गर्न नपाउने भनी जन प्रतिनिधि निर्वाचित भए लगतै मेयर भिम पराजुलीले शुरु गरेको अभियानलाई चुनौती दिँदै ब्यापारीको मनपरी बढेको हो ।
मुख्य सडकमा ब्यापार गर्न पाईने की नपाईने, त्यसले ट्राफिक ब्यवस्थापनमा कस्तो असर पार्ने अनी कुनै दुई ब्यक्तिले सडकमा ढाट तथा डोरी लगाएर आवत जावतमा रोक लगाउने परिपाटी कहाँसम्मको ठिक हो ? सर्बसाधारणले प्रश्न उठाएका छन् ।
छठ पर्बको अवसरमा बजारमा आईतवार देखि नै चहल पहल बढेको छ । तर आज बिहानै देखि सामान किन्ने भन्दा बेच्नेको बढी भिड गुद्री बजारमा देखिएको हो । गुद्री बजारको उत्तर र दक्षिण तर्फका सबै सडक नै अबरुद्ध पारेर ब्यापारीहरु सामान बेच्न बसेका छन् ।