उदयपुरको बेलकामा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, ३२ घाइते

उदयपुरको बेलकामा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, ३२ घाइते

उदयपुर, २६ कात्तिक । उदयपुरको बेलका नगरपालिका-८ मा बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । चतरा-गाईघाट सडक खण्डमा बनभोज खाएर घर फर्कदै गरेको को १ त ५८५० नम्बरको ट्याक्टर रंगमहल भन्ने स्थानमा घुम्ती मोड्ने क्रममा सडकबाट तल खसेर दुर्घटना भएको थियो । ३५ जना सवार रहेको उक्त ट्याक्टरमा बेलका नगरपालिका-२ बस्ने बर्ष १९ की  बिनिता चौधरी, बर्ष २० को ईन्द्र चौधरी र  बर्ष २०की दिपिका चौधरीको उपचारको क्रममा धरान स्थित वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा ३२ जना घाइते मध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरुको बिराटनगर र धरानमा उपचार भईरहेको छ भने १५ जना उपचार पश्चचात डिस्चार्ज भईसकेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्