झापामा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

झापामा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

झापा, २६ कात्तिक । झापाको भद्रपुर नगरपालिका-४ झिलिमिलि पुल नजिकै मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्डमा गएराती  भद्रपुरबाट ज्ञाने चौक तर्फ जाँदै गरेको मे ४ प ७७९५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक भद्रपुर नगरपालिका-८ बस्ने बर्ष ३० को किशोर प्रधान, पछाडी सवार सोही नगरपालिका-४ बस्ने  बर्ष २० को प्रताप तामाङ र बर्ष २६ को आशिष राई घाइते भएका हुन् । घाइते तीनै जनालाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक प्रधानको अाज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्