सोलुखुम्बुको गुडलक होटलमा मलेसियन नागरिकको मृत्यु

सोलुखुम्बुको  गुडलक होटलमा  मलेसियन नागरिकको मृत्यु

सोलुखुम्बु, २६ कात्तिक। सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका- ४ दिङबुचेमा १ जना मलेसियन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियन नागरिक बर्ष ४३ की वङ्ग  वेन दी  नाम गरेकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आइतबार विहान भ्रमणको लागि ४ जनाको समूहमा सोलु पुगेका उनीहरु दिङबुचे स्थित गुडलक होटलमा बास बसेकोमा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेकी थिईन । घटनाको जानकारी पाउनासाथ तत्काल पुगेकाे प्रहरी टाेलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि सोमबार बिहान हेलिकाेप्टरद्वारा शिक्षण अस्पताल काठमाण्डौ पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्