सुनसरीमा लागूऔषध सहित १ जना पक्राउ

सुनसरीमा लागूऔषध सहित १ जना पक्राउ

सुनसरी, २६ कात्तिक। सुनसरीको धरान उप-महानगरपलिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध सहित १ जना युवकलाई पक्राउ गरेको छ । लागूऔषध सहित ईटहरी उप-महानगरपलिका-५ पिपल चौक बस्ने बर्ष २८ को जिवन तामाङलाई पक्राउ परेका हुन् । तामाङलाई  ना ५ ख ६५४० नम्बरको बसमा धरान तर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाईजेल्याव-७ एम्पुल, लुपिजेसिक-७ एम्पुल र एभिल-७ एम्पुल बरामद गरेको हो । बरामद लागूऔषध सहित तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्