विराटनगरका मेयर पराजुली १५ औ पटक सुतेर छठ मनाउन सिँगिया पुग्दै

विराटनगरका मेयर पराजुली १५ औ पटक सुतेर छठ मनाउन सिँगिया पुग्दै

विराटनगर, २६ कात्तिक ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली १५ औ पटक सुतेर प्रणाम गर्दै छठ पुजामा सहभागी हुने भएका छन् । धर्म प्रति बढी नै आस्था राख्ने पराजुलीले यस अघि हरेक बर्ष छैठ माताको ब्रत बसेर दण्ड प्रणाम गर्दै सिंगिया नदी जाने तयारी गरेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । हरेक बर्षको आफुले गर्दै आएको कर्मलाई यो बर्ष पनि निरन्तरता दिने तयारीमा मेयर पराजुली रहेको उनको भनाई छ । पराजुलीले दण्ड प्रणाम गर्दै खोला गए यो सहित १५ औ पटक हुनेछ । करिव ३ किलो मिटरको दुरी सुतेर चिनो लगाउदै नदीसम्म पुग्न मेयरले तयारी थालेका हुन् । मेयर पराजुलीले यसपटक पोखरिया स्थित शिव पाञ्चायन मन्दिरवाट मंगलवार दिउसो साढे १२ दण्ड प्रणाम गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्