खेलाडी खेल्ने अन्तराष्ट्रिय खेलकुद स्टेडियम बन्याे गाैचरन (फोटो कथा)

खेलाडी खेल्ने अन्तराष्ट्रिय खेलकुद स्टेडियम बन्याे गाैचरन (फोटो कथा)

विराटनगर,२६ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजानाथपुरमा रहेको अन्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम समयमा नै बनाउन नसक्दा अहिले गाैचरनमा परिणत भएकाे छ ।  करोडौँको लगानीमा बन्न लागेको अन्तराष्ट्रिय मापदण्डमा सबै खेल गराउने गरी निर्माण गर्न लागिएको थियाे तर कामले अहिलेसम्म गति लिन सकेकाे छैन ।  मैदानमा क्रिकेट, फुटवल, स्वीमिङ, सफ्टेनिस, लङ्टेनिस, भलिवल, ह्याण्डबल, सुटिङ, बक्सिङ, कराँते, जस्ता खेलकुदका गतिबिधि गराउने गरी निर्माणको तयारी भएपनि केही ब्यक्तिका स्वार्थको कारण निर्माणको काममा नै आलटाल भएको छ । अहिले खेल मैदानको सहीरुपमा प्रयोग भएको छैन भने ब्यवस्थापनमा समेत चरम लापरवाही देखिएको छ ।

तस्वीर : सरोज लम्साल/अावर विराटनगर डट नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्