बालिकाकाे बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ

<span class='c1'>बालिकाकाे बलात्कारपछि हत्या गरेको आरोपमा</span> <span class='c2'>५ जना युवा पक्राउ</span>

उदयपुर, २७ कात्तिक ।  १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार पाँच युवालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख –एसपी चन्द्रदेव राईले बताउनुभयो । ‘शंका लागेका पाँच युवा र तालिम प्राप्त कुकुरसहित शव लिएर टोली फर्केको छ’ ।  राईले भन्नुभयो, ‘शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ’ । एसपी राईका अनुसार पक्राउ परेका मानिसको नाम गोप्य राखेर अहिले अनुसन्धान भैरहेको छ ।

गएको शनिबार दिउँसो बाख्रा चराउनका लागि गएकी बालिका आइतबार दिउँसो गाउँको अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरले प्रहरी नायव उपरीक्षकसहितको तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानको लागि पठाएको थियो ।

यो टोलीले बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएपछि शंकास्पद स्थानीय ५ जना युवालाई नियन्त्रणमा लिएको हो । स्थानियवासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको एसपी राईले बताउनुभयो । पोष्टमार्टम पछि मात्र बलात्कार हो या होइन भनेर यकिन हुन्छ, उहाँले भन्न्नुभयो, ‘शवको प्रकृति हेर्दा डिएसपीको नेतृत्वमा गएको टोलीको प्रारम्भिक अध्ययनले बालात्कारपछि हत्या गरिएको देखिन्छ’ ।

अनुसन्धानमा गएको कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुनसक्ने अनुमान गरेको प्रहरीको भनाई छ । मृत बालिकाको चप्पल शवभन्दा केही पर फेला परेको छ । रौतामाई गाउँपालिका ३ का वडाध्यक्ष दुर्गाराज खड्काले भन्नुभयो, ‘खोल्सामा बलात्कारपछि हत्या गरी सडक छेउमा शव फालेको अनुमान गर्न सकिन्छ’ । अध्यक्ष खड्काका अनुसार, बालिकाको मुखमा न्याप्किन पेपर कोचेको, मलद्धार च्यातिएको, घाँटीमा निलडाम, योनीस्थल पनि सामान्य नरहेकोले बलात्कारपछी हत्या भएको बताउनुभयो । घटना स्थल सदरमुकाम गाईघाटबाट ७५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्