बारीमै कक्षा: खोटाङमा पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी

<span class='c1'>बारीमै कक्षा: खोटाङमा</span> <span class='c2'>पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी</span>

खोटाङ, २७ कात्तिक ।  ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा‍‍‍‍...’ मुगुकी आङ्बु लामा गुन्गुनाइरहेकी थिइन् । बाजुराका नरेश मल्ल देउडा गाउँदै थिए । उनीहरूसँगै रमाइरहेका थिए, धादिङकी सन्जिता चेपाङ, सर्लाहीका देव साह, बाजुराका धिरज मल्ललगायत बालबालिका ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित जनजागृति आधारभूत विद्यालयका बालबालिका यसैगरी रमाइरमाई पढिरहेका छन् ।तीन वर्षअघि बन्द भएपछि स्थानीय अभिभावकको पहलमा सञ्चालनमा आएको विद्यालयमा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जाति र भाषाका ९२ विद्यार्थी अध्ययनरत छन् । विद्यालयको शिक्षणशैली फरक छ । पाठ्यपुस्तकमा एकोहोरो घोकाइँदैन, व्यवहारमा सिकाइन्छ । दैनिक जीवनमा आइपर्ने सबैखाले शिक्षा दिइन्छ । सरकारी पाठ्यक्रममा आधारित शिक्षाका साथै बालबालिकालाई अन्य शीर्षकमा पढाउने गरिएको प्रधानाध्यापक सविता ढकालले बताइन् ।

उनका अनुसार विद्यालयमा बोली नेपाली, अंग्रेजी, हिन्दी, चाइनिज, खाना उत्पादन गर्ने, बनाउने, खाने, प्रकृति घाम, पानी, धरती, आकाश, हावा, प्रविधि यन्त्र, उपकरण, लुगा धागो उत्पादनदेखि सिलाउने, डिजाइन गर्ने, स्वास्थ्य, खेलकुद, मनोरन्जनलगायत विषय सिकाइन्छ ।, यो खबर आजकोकान्तिपुरदैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्