प्रचण्ड र बादल तातोपानीमा डुबे !!

<span class='c1'>प्रचण्ड र बादल</span> <span class='c2'>तातोपानीमा डुबे !!</span>

काठमाडौं, २६ कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ । तस्वीरमा गृहमन्त्री बादलले टाेपी लगाएर नुहाइरहेको देख्न सकिन्छ । प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’  पनि पत्नी नैनकला थापालार्इ लिएर तातोपानी कुण्डमा नुहाउन पुगेकाे प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डपत्नी सीतासँगै छोरी गंगा दाहाल र स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् । बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु त्यहाँ नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्