बिराटनगरका मेयर सडकमा सुतेपछि‍‍‍…, ३ किलोमिटर घस्रिएर छठ पुजा गर्दै

बिराटनगरका मेयर सडकमा सुतेपछि‍‍‍…, ३ किलोमिटर घस्रिएर छठ पुजा गर्दै

विराटनगर, २७ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली आफ्नो १५ औँ बर्ष शरीर भुईँमा घस्रेर दण्ड प्रणाम गर्दै छठ पुजामा निस्किएका छन् । बिराटनगर पोखरियामा रहेको शिव पाञ्चायन मन्दीरबाट उनी आफ्ना २ भतिजा सहित दण्ड प्रणाम गर्दै छठको अस्ताउँदो सुर्यलाई अर्घ दिन निस्किएका हुन । मेयर पराजुलीलाई उनका भतिजाहरु प्रमिस र मनिस पराजुलीले साथ दिएका छन् । पोखरियामा रहेको शिव पाञ्चायन मन्दीरबाट करिब ३ किलो मिटरको दुरी घस्रिएर पार गर्दै मेयर पराजुली करिब ४ घण्टाको अबधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुग्ने छन् । यस अघि १२ बर्षसम्म आफ्नो र परिवारको लागि छठको ब्रत बसेको बताउने पराजुलीले १३ औ बर्षको ब्रत त्यो बेला बिरामी परेर मर्न लागेका शसांक कोईरालालाको लागि बसेको बताए । १४ औ बर्षको पुजा भने आफु मेयर भएपछि आफ्नो लागि बसेको भन्दै उनले अहिलेको १५ औ बर्षको कठोर ब्रत बसेका मेयर पराजुलीले महानगरको समृद्धी र नगरवासीकोलागी ब्रत बसेको बताएका छन् । यस्तो छ कारण  :- उनी जन्मनु भन्दा पहिला देखि नै उनको परिवार धार्मिक रुपमा विस्वास गर्ने परिवार हो । उनी जन्मनु भन्दा पहिला देखि नै मेयर पराजुलीकी माता (आमा) तुलसीमायाँ पराजुलीले छठको पुजा नियमित गर्दै आएकी थिईन् । करिब ६७ बर्ष पहिला देखि नै बिराटनगरमा बसोवास गर्दै आएका मेयर पराजुलीका बुबाहरु भने पर्बते हुन । पर्वतमा यो छठ पर्बको त्यो बेला खासै महत्व थिएन । पराजुली परिवार पर्वतबाट कोही भोजपुर, कोही खोटाङ अनी कोही धनुकुटा गए भने मेयर भिम पराजुलीका बुबा आमा बिराटनगर आएका हुन् । पराजुलीलाई थाहा भए अनुसार उनी आफु १६ बर्षको उमेर देखि नै ठछको ब्रत बस्न थालेका हुन् । त्यो बेला आमाले ठछको पुरा गरेको देख्दा उनलाई पनि गरौ गरौ लागेको उनले सुनाए । त्यस पनि नियमित ब्रत बस्दै आएका उनले १५ बर्ष अगाडी देखि मात्र दण्डवत प्रणामको आधारमा घाटसम्म जान थालेको बताए । आफ्नी आमाले सिकाएको संस्कारको प्रभाव आफ्नो जीवनमा निरतर पर्दै गएकोले आमाको सिकोले नै आफुले ब्रत बसेको बताए । त्यसैको प्रभावले गर्दा अहिलेसम्म सफल हुँदै गएको उनले बताएका छन् । छठको प्रभाव :- आज १५ औ पटक घस्रिएर दण्डवत प्रणामका आधारमा कठोर छठको तपस्या गरेका मेयर पराजुलीले यसैको प्रभावको कारण सँधै सफल भएको बताएका छन् । ‘यस अघि महेन्द्र मोरङको स्वबियुको निर्वाचनमा बागी उम्मेवारबाट जितेको स्मरण गर्दै उनले भने, बिराटनगरको मेयरको टिकट पाउने बेलामा पनि पाउँदैन भन्थे पाएँ, निकट पाएर पनि हराउन लागे त्यो पनि जितेँ ।’ उनले हरेक अप्ठेरोका बिच सहजता खोज्ने ब्यक्ति आफु भएकोले अहिलेसम्म छठको ब्रतको प्रभावका कारण आफुले जहाँ छोयो त्यहाँ पुग्ने गरेको उनको अनुभव छ । चुनौतीलाई सामना गर्नको लागि नै आफु जन्मीएको हो की भने लागेको उनी भन्छन् । कठिन ब्रत कुनै पनि नछाडेको उनले सुनाए । गत बर्षसम्म छठको ब्रतको बारेमा चासो नदिने उनकी श्रीमती रञ्जीता खनाल पराजुलीले पनि यो पटक देखि ब्रत बस्न थालेकी छिन् । २५ बर्ष देखि तिजको ब्रत बसेको दाबी गरेका मेयरले अहिलेसम्म हरेक तिजमा समेत निराहार ब्रत बस्ने गरेको सुनाए । ब्रतबन्ध गरेदेखि ननुहाई पानी समेत नखाने स्वाभाव भएका मेयर पराजुली राजनीतिसँगै धर्ममा अत्यन्त आस्था राख्ने ब्यक्ति आफु भएको बताउँछन् । हरेक दिन बिहान ५ बजे भन्दा अगाडी नै उठ्ने मेयर पराजुलीको पहिलो कर्म भनेको भगवन प्रतिको आस्था नै हो । उनको नियमित कर्म मेयर हुनु भन्दा पहिला हरेक दिन बिहान ८ बजेसम्म नै थियो । तर अहिले उनले धार्मिक समय छोट्याएर एक घण्टामा सक्ने गरेको बताउँछन् ।

छठको महत्व

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व मनाउने गरिन्छ । यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने चलन रहँदै आएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना छठ पर्व मनाउने चलन रहँदै आएको छ । आदीकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ । त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालिएको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्