धनकुटा छिन्ताङ्गका शहिदहरुलाई सम्मान गर्दै शहिद दिवस मनाउन कांग्रेसको माग

धनकुटा छिन्ताङ्गका शहिदहरुलाई सम्मान गर्दै शहिद दिवस मनाउन कांग्रेसको माग

धनकुटा, २७ कात्तिक । २०३६ सालको छिन्ताङ्ग हत्या काण्डका योद्धाहरुलाई सरकारले शहिद घोषणा गरेकोले सरकारी स्तरबाटै छिन्ताङ्गका  शहिदहरुलाई सम्मान गर्दै शहिद दिवस  मनाउनका लागी आज नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले विज्ञप्ती जारी गर्दै माग गरेका छन ।  शहिदहरु देश र राष्ट्रको सम्पत्ति भएकाले छिन्ताङ्ग काण्डमा गोली हानी हत्या गरिएका महान शहिदहरुलाई पनि सरकारी स्तरबाटै सम्मान गर्दै छिन्ताङ्ग शहिद स्मृती दिवस मनाउनु पर्ने छिन्ताङ्ग शहिद स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले आज जारी गरेको विज्ञप्तीमा माग गरिएको हो ।धनकुटेली राजनैतिक दल तथा समग्र धनकुटेलीहरुको लामो समय देखीको माग र प्रयासपछि गतबर्ष  नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको नेतृत्वमा रहेको सरकारले २०३६ सालको छिन्ताङ्ग हत्या काण्डमा मारिएको वीर सपुतहरुलाई राष्टिय शहिदको रुपमा घोषणा गरिएको थियो ।

नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईद्धारा जारी विज्ञप्तीमा २०३६ सालमा मारिएका १६ जना शहिदहरु प्रति सम्मान सहित श्रद्धाञ्जली व्यक्त  गर्दै शहिद परिवार जनमा सम्मान सहित समबेदना व्यक्तगर्दै सवै छिन्ताङ्ग शहिद स्मृती दिवसको अवसरमा सवैलाई शुभ कामना व्यक्त गरिएको छ ।

छिन्ताङ्गका शहिदहरुको सपना साकार पार्न छिन्ताङ्गका शहिदहरुले देखाएको मार्गबाट हिड्दै धनकुटेली जनतालाई अधिकार सम्पन्न बनाउदै धनकुटाको समृद्धी र विकासमा लाग्न समेत विज्ञप्ती मार्फत सवैमा अपिल गरिएको छ ।

२०३६ सालको छिन्ताङ्ग काण्डमा गोली हानी हत्या गरिएको सपुतहरुको सम्मानमा बर्षै पिच्छे धनकुटाका क्रियाशिल विभन्नि राजनैतिक दलहरुले  छुट्टा छु्ट्टै शहिद दिवस कार्तिक २७ देखी २९ गते सम्म मनाउदै आएकोमा  अव राज्यले शहिद घोषणा गरिसकेकोले अव देखी स्थानीय तहको  त्यस क्षेत्रको सरकार शहिदभूमी गाउपालिका सरकारले मनाउनु पर्ने माग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्