सोलुखुम्बुमा जापानी नागरिकको ज्यान गयो

<span class='c1'>सोलुखुम्बुमा जापानी नागरिकको</span> <span class='c2'>ज्यान गयो</span>

सोलुखुम्बु, २७ कात्तिक। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एक पर्यटको ज्यान गएको छ । मंगलबार बिहान १० बजेर २० मिनेटमा ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेका जापानी नागरिकको ज्यान गएको हो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उनको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ गोरक्षमा रहेको एभरेष्ट इन होटलको डाइनिङ हलमा ज्यान गएको सहाय प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले जानकारी दिए । आइतबार मात्र खुम्बु पासङल्हामु गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएकोे थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने स्थानमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्