कीर्ते नागरिकता सिफारिस गर्ने विराटनगर १ का वडा अध्यक्ष सहितका अाराेपी सुटुक्क अदालत जाँदै

कीर्ते नागरिकता सिफारिस गर्ने  विराटनगर १ का वडा अध्यक्ष सहितका  अाराेपी सुटुक्क अदालत जाँदै

विराटनगर,२७ कात्तिक । भारतीयलाई नागरिकताको सिफारिस गरिदिने विराटनगर महानगरपालिका–१ का वडा अध्यक्ष, सदस्य र सचिव सुटुक्क अदालतमा उपस्थिति हुने तयारीमा रहेको खुलासा भएको छ । आफू निकट कानून व्यवसायीसँग रायसहितको सुझाव लिएर वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह र वडा सचिव पूष्षा तिम्सिना मोरङ अदालतमा उपस्थिति हुने स्रोतले जनाएको छ । झुठो विवरणमा सिफारिस दिने वडा अध्यक्ष अर्याल, कीर्ते कागजपत्र जुटाइ दिने सदस्य साह र वडा सचिव तिम्सिनासहित १५ जनालाई अदालतले पक्राउ गर्न १९ कार्तिकमा आदेश गरेको हो । यसपछि उनीहरू कानून व्यवसायीसँग परामर्श गरी अदालतमा आत्मसमर्पण गर्ने भएको स्रोतको दाबी छ । वडा अध्यक्ष, सदस्य र वडा सचिवले विराटनगरका नाम चलेका अधिवक्ता राखेर आफ्नो पक्षमा पैरवी गराउने तयारी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्