ओवी फेसबुक वाच : बिराटनगर भित्र शान्ति सुरक्षा फितलो, सिसी क्यामेरा फुटेजले कामै गर्दैन

ओवी फेसबुक वाच : बिराटनगर भित्र शान्ति सुरक्षा फितलो, सिसी क्यामेरा फुटेजले कामै गर्दैन

विराटनगर, २७ कात्तिक ।
पछिल्लो समय बिराटनगरको सुरक्षाको बिषयमा नगरवासीले गम्भीर प्रश्न उठाउन थालेका छन् । आईतवार साँझ हाटखोलामा रहेको आफ्नो पसलबाट फकिँदै गरेकी राधा बस्नेत लुटिएकी छिन् । उनी लुटिएको बिषयमा आफ्नो फेसबुक स्टाटसमा विनोद बस्नेत लेख्छन्, पछिल्लो समय बिराटनगरको सुरक्षा ब्यवस्था अत्यन्त फितलो भएको महसुस भएको छ ।
उनले लेखेका छन्,‘राधा बस्नेत (मेरी श्रीमती) हाटखोलामा अबस्थित आफ्नो पसल बन्द गरेर घर फर्कदै गर्दा लुटिइन। कात्तिक २५ गते साँझ ७ :३० बजे पसल बन्द गरेर हिँड्न लाग्दा पुरानो चिनजानको मान्छे (राजकुमार मण्डल) संग भेट भएपछी कुराकानी गर्दै आधा बाटोसम्म सँगै तय भयो । उनी अघि बढ्दै गर्दा धर्मभक्त मार्ग टेलिफोन अफिस जाने मोड नजिकै पछाडिबाट पल्सरमा आएका दुई व्यक्ति मध्ये पछाडी बस्नेले काँधमा झुण्डिएको व्याग तान्यो । राधा र लुटेरा बिच व्याग तानातान हुँदा करिब २० फिटसम्म घिसार्दै लग्यो । राधा पिंचमा रगडिएर रगताम्मे भैइन र लुटेराले व्याग लुटेर लग्यो, अनि टेलीफोन अफिसको बाटोमा बिलिन भयो। यति हुँदासम्म पनिसंगै कुराकानी गर्दै आएको राजकुमार मण्डल भन्ने व्यक्ती चुपचाप मुकदर्शक भएर टुलुटुलु हेरिरह्यो। राधाले सकी नसकी गाउँलेलाई गुहारिन् । पुलिसलाई फोन गर्न यताउता दौडिईन् तर कोही सहयोगी पाईनन् । करिब १५ मिनेटको भागदौड पछि संगै भएको राजकुमार मण्डलले नै यी मोबायल त म संगै छ लिनुस पुलिसलाई फोन गर्नुस् भन्दै मोबाइल दिए । राजकुमार मण्डलले चुपचाप नबसेर प्रतिकार गरेको भए, चिच्याएर गुहार मागेको भए अथवा त्यतिखेरै आफुसंगै भएको मोबाइल झिकेर पुलिसलाई फोन गरेको भए सायद लुटेरा लुटन सफल हुन्थेन होला । राधाको व्यागमा भएको मोबाइल, नागरिता,एटिएम,सटरको चाबी, विभिन्न, चाँदीका सिक्काहरु र नगद ६० हजार नगद थियो । केही हुन्छ कि भनी छानबिन गर्दा टेलिफोन अफिस, देबकोटा चौक र हाटखोलाको सिसि क्यामरा बिग्रेको अबस्थामा पाईयो । महानगरपालिका र प्रहरी प्रशासन हाम्रो शान्ती सुरक्षामा कति गम्भीर छ?’ उनले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्